भक्तपुर: एक २८ वर्षीया युवतीको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ।
गएको सोमबार भक्तपुर, चाँगुनारायण नगरपालिकामा वडा नं. ७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहरा भित्र घाँटी रेटी हत्या भएको युवतीको शव फेला परेको थियो । प्रहरीकाअनुसार सो शव काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा घर भइ हाल भक्तपुर नागपोखरी बस्दै आएकी बर्ष २८ की जेनिशा नगरकोटी रहेको पुष्टि गरेको थियो ।
घाँटी रेटी हत्या भएकाले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न भएकाे आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले जानकारी दिए।
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिकाका रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिकाका नवराज रिजाल रहेका छन्। घटनास्थलमा संलग्न भएको आरोपमा उनीहरुलाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको हो
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…