सिमकार्ड कसको नाममा छ भन्‍ने जानकारी लिने तरिका

काठमाडौँ: मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ ।

कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्‍ने पनि जानकारी नहुन सक्छ । यसका लागि मोबाइल सेवा प्रदायकले सजिलै यस्ता नम्बर कसको नाममा रजिष्टर छ भन्‍ने जानकारीका लागि युएसएसडीमार्फत हेर्न सकिने बनाएको छ ।

तपाईंलाई पनि कसको नाममा सिमकार्ड छ भनेर जानकारी छैन् भने यहाँ यसको बारेमा केही जानकारी दिइएको छ जसबाट तपाईंलाई आफूले प्रयोग गर्ने सिमकार्ड कसको नाममा रहेको छ भन्‍नेबारेमा जानकारी दिइन्छ ।

नेपाल टेलिकम
नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्नुहुन्छ भने सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

एनसेल
एनसेलको सिमकार्ड प्रयोग गर्नुहुन्छ भने सो सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यसरी सिमकार्ड कसको नाममा रहेको जानकारी लिन सकिन्छ । तपाईंले प्रयोग गर्ने सिमकार्ड अन्य व्यक्तिको नाममा रहेको छ भने नजिककै टेलिकमको कार्यालयमा गएर सिमकार्ड आफ्नो नाममा ल्याउन सक्नुहुनेछ । जसको लागि तपाईंको फोटो र नागरिकता आवश्यक हुन्छ र प्रयोगकर्ता आफैं टेलिकम कार्यालय जानुपर्ने हुन्छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago