काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बहिबार मध्याह्नपछि बैठक सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पनि सहभागी भएका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीका पदाधिकारीहरु र प्रदेश समितिका अध्यक्षको सहभागीता रहेको छ।
बैठक समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा केन्द्रीत हुने जनाइएको छ। राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन्। निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा पदाधिकारी बैठक बसेको हो।