भैरव रिसाल मिडिया फेलोसिप पत्रकार अर्याललाई

२०७९, २७ भाद्र सोमबार २०:४३

पाल्पा । वातावरणीय पत्रकारितामा खोजमूलक तथा सिर्जनातत्मक रचना गर्ने पत्रकारलाई प्रदान गरिँदै आएकाे भैरव रिसाल मिडिया फेलोसिप २०७९, पुरस्कार पाल्पाका पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ६ वर्षदेखि फेलोसिप पुरस्कार प्रदान गर्दै आएको छ ।

कान्तिपुर मिडियामा आवद्ध अर्याल लाइ एन्फोको ३१ औं वार्षिक साधारणसभाका अवसरमा वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल, एन्फोका अध्यक्ष राजीव जोशी र समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका हुन । फेलोसिप पुरस्कारको राशि २५ हजार रहेको छ ।

पत्रकार अर्याल दुई दशकदेखि पाल्पाबाट वन, वातावरण, जनस्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । वरिष्ठ वातावरण पत्रकार भैरव रिसालले ९०औं जन्मोत्सवका अवसरमा ६ वर्षअघि एन्फो संस्थामार्फत् यो फेलोसिप पुरस्कार स्थापना गरेका हुन् । वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोषबाटसमेत अर्यालले यसअघि वातावरण पुरस्कारसमेत पाइसकेका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु