काठमाडौं: सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । राष्ट्र बैंक ऐन २०५८ मा न्यायिक समितिमार्फत् जाँचबुझ समिति गठन गर्न सक्ने प्रावधान छ । सरकारले सोही आधारलाई टेकेर जाँचबुझ समिति बनाएको बताइएको छ । त्यसो अर्थमन्त्री र गभर्नरबीच टवराव रहँदै आएको बताइन्छ ।

शर्माले सार्वजनिक कार्यक्रममै गभर्नरले आफूलाई असफल बनाउन खोजेको आरोप लगाउँदै आउनुभएको थियो । गभर्नरको पदमुक्तीको चौतर्फी विरोध भएको छ । पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनालले सरकारले गभर्नर निलम्बन गर्ने निर्णय गरेको भए त्यो दुर्भाग्यपूर्ण हुने बताउनुभएको छ । गभर्नर अधिकारीले दुई वर्षअघि राष्ट्र बैंकको गभर्नर पदमा पदबहाली गर्नुभएको थियो ।

सरकारलाई मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिँदै आउनुभएका गभर्नर अधिकारीको निलम्वनसँगै सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ । गभर्नर अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालिन केपी ओली सरकारले नियुक्त गरेको थियो ।

यता निलम्बित गभर्नर अधिकारीले आफू निलम्बनमा परेको हल्ला सुनेको तर औपचारिक पत्र नपाएको बताउनुभएको छ । उहाँले सरकारले छानबिनका लागि गठन गरेको न्यायिक समितिले गर्ने छानबिनमा आफ्नो पूर्ण सहयोग रहने पनि बताउनुभएको छ । आफूमाथि प्रतिशोध साँधेर अन्याय गरिएकोमा अदालतको ढोका ढक्ढक्याउने कि भन्ने प्रश्नमा उहाँले आफूले न्यायिक समितिबाटै न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago