पुर्व प्रम तथा माओवादी अध्यक्ष पुष्प कमल दाहाल जापानमा

२०७९, २१ श्रावण शनिबार ११:३७

टोकियो – नेकपा माओवादि केन्द्रका अध्यक्ष तथा पुर्व प्रम पुष्प कमल दाहाल प्रचण्ड शनिबार विहान जापान आईपुग्नु भएको छ ।

नेपाल एयारलाईन्सबाट जापानको नारिता विमानस्थाल आईपुगेका प्रचण्डलाई जापानका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्विका जोशी, लगायतका दूतबास कर्मचारीहरु, माओवादी विचार नजिकको विदेश भातृसंगठन जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्त, पूर्व अध्यक्षहरु लगायतले स्वागत गरेका थिए ।

अध्यक्ष प्रचण्ड आज नै फुकुओकामा हुने नेपाली फेष्टिवलको उदधाटनका लागि नारिताबाट सिधै फुकुओका जाने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डको ५ दिने जापान बसाईमा जापानबासी नेपालीसग प्रत्यक्ष अन्तरक्रिया एवं जापान सरकार र जापानमा रहेका राजनैतिक दलका नेताहरुसग भेटहुने बताईएको छ ।

Comments

ताजा खबर