काठमाडौँ: साढे दुई वर्षअघि संसद्मा दर्ता भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि संसदीय समितिमा छलफल हुने भएको छ । संसद् (फुल हाउस) मा पेस हुनुअघि नै यो सम्झौतामाथि समितिमा छलफल हुन लागेको हो ।

सामान्यतया संसद्मा दर्ता भएका विधेयक तथा सन्धि–सम्झौतासँग सम्बन्धित दस्ताबेजहरू संसद्मा पेस भएर आवश्यक परे मात्रै थप सुझावसहितको प्रतिवेदन पेस गर्न संसदीय समितिमा छलफलका लागि पठाउने परम्परा छ ।
सत्ता गठबन्धनभित्रको मतभेद र सभामुख अग्निप्रसाद सापकोटाको अडानका कारण प्रतिनिधिसभामा टेबल हुन नसकेको एमसीसी सम्झौतामाथि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुने भएको हो । प्रतिनिधिसभाको विधेयक शाखामा २०७६ असार ३० मा दर्ता भएको उक्त सम्झौता अहिलेसम्म संसदीय अनुमोदनका लागि अघि बढ्न सकेको छैन ।

समितिको सोमबार बसेको बैठकमा सदस्यहरूले कुरा उठाएपछि सभापति पवित्रा निरौला खरेलले सम्झौतामाथि छलफल गरिने बताइन् । समय निर्धारण गरेर बैठक बोलाउने उनले जानकारी दिइन् । ‘एमसीसीबारे छलफलको माग भएको छ,’ उनले भनिन्, ‘यस विषयमा सांसदहरू अनभिज्ञ भएर बस्नु उचित भएन । अर्को बैठकमा हामीले छलफल गर्नुपर्छ ।’

एमसीसी सम्झौताबारे सर्वत्र छलफल भइरहेका बेला सांसद मौन रहन नहुने उनको भनाइ छ । ‘सम्झौताको पक्ष/विपक्षमा सारा नेपाली जुरुक्क भएका बेला हामी कानमा तेल हालेर बस्नु शोभनीय हुँदैन,’ उनले भनिन् । बैठकमा एमाले र माओवादीका सांसदले खरेलसँग एमसीसी सम्झौतामाथि समितिमा व्यापक छलफल गर्नुपर्ने माग गरेका थिए । एमाले सांसदहरू भीम रावल, दीपकप्रकाश भट्ट र सुजिता शाक्यले सम्झौतामाथि समितिमा छलफल गराउन माग गर्दा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले भने प्रतिनिधिसभाको अवरोध हटाएर सम्झौता टेबल गर्न दिन एमाले सांसदलाई आग्रह गरेका थिए ।

सन्धि–सम्झौता तथा विधेयकमाथि संसद्भन्दा पहिला समितिमा विरलै छलफल हुने गरेको छ । संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले भने सदनमा पेस हुनुअघि नै संसदीय समितिमा विभिन्न विषयलाई लिएर छलफल हुन सक्ने संसदीय प्रावधान रहेको बताए । ‘कुनै पनि दस्ताबेज संसद्मा दर्ता भएको छैन भने पनि छलफल गर्न मिल्छ, जनप्रतिनिधिको हिसाबमा आएका विषय बुझ्नका लागि यसरी छलफल गर्न पाइन्छ,’ उनले भने ।

संवैधानिक कानुनका विज्ञ विपिन अधिकारीले विधेयक, सन्धि, सम्झौतालगायत विषयमा संसद्मा छलफल भएर तल आउँदा राम्रो हुने बताए । ‘माथिबाट अघि बढेर तल आएको भए त्यसको प्रभाव बढी हुन्थ्यो । तर समितिहरूले सिधै पनि विभिन्न विषयमा छलफल गर्न पाउँछन्,’ उनले भने ।

अधिकारीले यसरी विभिन्न विषयमा छलफल गर्न पाउने समितिहरूको क्षेत्राधिकार रहेको प्रस्ट पारे । ‘समितिले क्षेत्राधिकारमा रहेका जेसुकै विषयमाथि छलफल गर्न पाउँछन्, त्यो विधेयकमात्र हुँदैन, उनीहरूले छलफलका लागि हात हाल्न सक्छन्,’ उनले भने ।

समिति बैठकमा एमाले नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई असोज १३ मा लेखेको पत्र कूटनीतिक मर्यादाविपरीत रहेको भन्दै त्यसबारे छानबिन गरी कारबाही गर्न माग गरे । जवाफमा सभापति खरेलले देउवा र दाहालको पत्र अशोभनीय भएको टिप्पणी गरिन् । ‘प्रधानमन्त्री र अर्को दलका नेताको पत्र पनि अशोभनीय र गम्भीर देखिएको छ,’ उनले भनिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago