ईसेवाको ‘सेक्योर्ड ट्रान्सफर’ फिचर कसरी प्रयोग गर्ने ?

काठमाडौं । कोभिड-१९ सँगै नेपालमा डिजिटल कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तोमा डिजिटलमार्फत हुने कारोबारलाई सुरक्षित राख्नुपर्ने बाध्यता पनि सिर्जना भइरहेको छ ।

यही क्रममा विभिन्न सेवाप्रदायकले आफ्नो सिस्टमलाई सुरक्षित बनाउने र प्रयोगकर्ताको कारोबारलाई समेत सुरक्षित बनाउने विभिन्न फिचर उपलब्ध गराउँदै आएका छन् ।

सोही अनुरूप डिजिटल वालेट कम्पनी ईसेवाले पनि ग्राहकलाई लक्षित गर्दै ‘सेक्याेर्ड ट्रान्सफर’ फिचर उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपालमा यो फिचर उपलब्ध भएको यो नै पहिलो पटक हो ।

ईसेवाको वेब तथा एप दुवैमा उपलब्ध रहेको यो फिचर के हो र कसरी प्रयोग गर्ने भन्ने विषयमा यहाँ तपाईंलाई जानकारी दिँदै छौं ।

याे फिचर के हो ? 

यसको नाम अर्थात् ‘सेक्याेर्ड ट्रान्सफर’ ले नै यसको विषयमा धेरै कुरा दर्शाएको छ । ‘सेक्याेर्ड ट्रान्सफर’ अर्थात सुरक्षित कारोबार । कम्पनीका अनुसार यो फिचरमार्फत एउटा ईसेवा प्रयोगकर्ताले अर्को ईसेवा प्रयोगकर्तालाई सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् ।

चिनेको व्यक्तिको मात्रै नभएर अन्जान व्यक्तिको ईसेवामा समेत रकम पठाउँदा यसले प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको अर्थ कम्पनीले दुई प्रयोगकर्ता बीचमा हुने कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने हो ।

त्यो हुँदा तपाईंले कुनै सामान अनलाइनबाट मगाउनुभयो र त्यसको शुल्क सामान खरिद गर्नुअघि नै दिनुपर्ने अवस्था भएको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर प्रयोग गरी कारोबार गर्दा सामान पाएपछि मात्रै उक्त रकम रिलिज हुनेछ ।

यसले सामान अर्डर लिएर पैसा प्राप्त भएसँगै भाग्ने खालको ठगी धन्दालाई निरुत्साहित गर्न मद्दत पुग्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीका अनुसार यो फिचर एक हजारभन्दा माथिको रकम पठाउँदाको हकमा मात्रै लागू हुनेछ ।

कसरी प्रयोग गर्ने ? 

यसका लागि सुरुमा ईसेवा खोली ‘सेन्ड मनी’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ कसलाई पैसा पठाउने हो ईसेवा आईडी अर्थात मोबाइल नम्बर राखी ‘प्रोसिड’ मा क्लिक गर्नुहोस् ।

प्रोसिडमा क्लिक गरेसँगै अब त्यहाँ तपाईंले कति पैसा पठाउने राख्न सक्नुहुनेछ । उक्त रकम थोरैमा पनि एक हजार हुन आवश्यक हुन्छ ।

त्यसरी पैसा उल्लेख गरेसँगै त्यसको माथि रहेको ‘युज सेक्युर्ड ट्रान्सफर’ भन्ने विकल्प अन गर्न सक्नुहुनेछ ।

त्यसरी ‘सेक्युर्ड ट्रान्सफर’ अन गरी तपाईंले रकम पठाउँदा उक्त रकम जबसम्म तपाईंले रिलिज गर्नुहुन्न तबसम्म तपाईंको खातमा रहने छ ।

जब तपाईंले आफूले खरिद गरेको सामान प्राप्त गर्नुहुनेछ । तब, सामान ल्याउनेले तपाईंलाई पेमन्टका लागि ‘रिक्वेस्ट’ गर्नेछ ।

त्यो सँगै तपाईंलाई पैसा रिलिज गर्नका लागि नोटिफिकेशन प्राप्त हुनेछ । उक्त नोटिफिकेशनमा क्लिक गरी ‘रिलिज’ बटनमा क्लिक गरेसँगै तपाईंको खाताबाट पैसा काटिने छ । भने बिक्रेताले पैसा प्राप्त गर्नेछ ।

यसरी कारोबार गर्दा यदी सामान पठाएको र नपाउने जस्ता समस्या भएमा प्रमाणसहित कम्पनीमा उजुरी दिन सकिने छ । त्यसैका आधारमा कम्पनीले आवश्यक कारबाही अघि बढाउने जनाइएको छ । तर, यसका लागि थप सय रुपैयाँ लाग्ने जनाइएको छ ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गर्दा शुल्क भने लाग्नेछ । एक हजारदेखि पाँच हजारसम्मको कारोबारमा पाँच रूपैयाँ लाग्ने छ भने पाँच हजारदेखि माथिको कारोबारमा १० रूपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago