ईसेवाको ‘सेक्योर्ड ट्रान्सफर’ फिचर कसरी प्रयोग गर्ने ?

काठमाडौं । कोभिड-१९ सँगै नेपालमा डिजिटल कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तोमा डिजिटलमार्फत हुने कारोबारलाई सुरक्षित राख्नुपर्ने बाध्यता पनि सिर्जना भइरहेको छ ।

यही क्रममा विभिन्न सेवाप्रदायकले आफ्नो सिस्टमलाई सुरक्षित बनाउने र प्रयोगकर्ताको कारोबारलाई समेत सुरक्षित बनाउने विभिन्न फिचर उपलब्ध गराउँदै आएका छन् ।

सोही अनुरूप डिजिटल वालेट कम्पनी ईसेवाले पनि ग्राहकलाई लक्षित गर्दै ‘सेक्याेर्ड ट्रान्सफर’ फिचर उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपालमा यो फिचर उपलब्ध भएको यो नै पहिलो पटक हो ।

ईसेवाको वेब तथा एप दुवैमा उपलब्ध रहेको यो फिचर के हो र कसरी प्रयोग गर्ने भन्ने विषयमा यहाँ तपाईंलाई जानकारी दिँदै छौं ।

याे फिचर के हो ? 

यसको नाम अर्थात् ‘सेक्याेर्ड ट्रान्सफर’ ले नै यसको विषयमा धेरै कुरा दर्शाएको छ । ‘सेक्याेर्ड ट्रान्सफर’ अर्थात सुरक्षित कारोबार । कम्पनीका अनुसार यो फिचरमार्फत एउटा ईसेवा प्रयोगकर्ताले अर्को ईसेवा प्रयोगकर्तालाई सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् ।

चिनेको व्यक्तिको मात्रै नभएर अन्जान व्यक्तिको ईसेवामा समेत रकम पठाउँदा यसले प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको अर्थ कम्पनीले दुई प्रयोगकर्ता बीचमा हुने कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने हो ।

त्यो हुँदा तपाईंले कुनै सामान अनलाइनबाट मगाउनुभयो र त्यसको शुल्क सामान खरिद गर्नुअघि नै दिनुपर्ने अवस्था भएको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर प्रयोग गरी कारोबार गर्दा सामान पाएपछि मात्रै उक्त रकम रिलिज हुनेछ ।

यसले सामान अर्डर लिएर पैसा प्राप्त भएसँगै भाग्ने खालको ठगी धन्दालाई निरुत्साहित गर्न मद्दत पुग्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीका अनुसार यो फिचर एक हजारभन्दा माथिको रकम पठाउँदाको हकमा मात्रै लागू हुनेछ ।

कसरी प्रयोग गर्ने ? 

यसका लागि सुरुमा ईसेवा खोली ‘सेन्ड मनी’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ कसलाई पैसा पठाउने हो ईसेवा आईडी अर्थात मोबाइल नम्बर राखी ‘प्रोसिड’ मा क्लिक गर्नुहोस् ।

प्रोसिडमा क्लिक गरेसँगै अब त्यहाँ तपाईंले कति पैसा पठाउने राख्न सक्नुहुनेछ । उक्त रकम थोरैमा पनि एक हजार हुन आवश्यक हुन्छ ।

त्यसरी पैसा उल्लेख गरेसँगै त्यसको माथि रहेको ‘युज सेक्युर्ड ट्रान्सफर’ भन्ने विकल्प अन गर्न सक्नुहुनेछ ।

त्यसरी ‘सेक्युर्ड ट्रान्सफर’ अन गरी तपाईंले रकम पठाउँदा उक्त रकम जबसम्म तपाईंले रिलिज गर्नुहुन्न तबसम्म तपाईंको खातमा रहने छ ।

जब तपाईंले आफूले खरिद गरेको सामान प्राप्त गर्नुहुनेछ । तब, सामान ल्याउनेले तपाईंलाई पेमन्टका लागि ‘रिक्वेस्ट’ गर्नेछ ।

त्यो सँगै तपाईंलाई पैसा रिलिज गर्नका लागि नोटिफिकेशन प्राप्त हुनेछ । उक्त नोटिफिकेशनमा क्लिक गरी ‘रिलिज’ बटनमा क्लिक गरेसँगै तपाईंको खाताबाट पैसा काटिने छ । भने बिक्रेताले पैसा प्राप्त गर्नेछ ।

यसरी कारोबार गर्दा यदी सामान पठाएको र नपाउने जस्ता समस्या भएमा प्रमाणसहित कम्पनीमा उजुरी दिन सकिने छ । त्यसैका आधारमा कम्पनीले आवश्यक कारबाही अघि बढाउने जनाइएको छ । तर, यसका लागि थप सय रुपैयाँ लाग्ने जनाइएको छ ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गर्दा शुल्क भने लाग्नेछ । एक हजारदेखि पाँच हजारसम्मको कारोबारमा पाँच रूपैयाँ लाग्ने छ भने पाँच हजारदेखि माथिको कारोबारमा १० रूपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago