सडकमा पहिरो: बुटवल पाल्पा सडक खुल्न केही समय लाग्ने

२०७९, २१ आश्विन शुक्रबार ०८:२५

पाल्पा, २१ असोज ।
तीन दिन देखीको भारी बर्षाका कारण गएराती देखि पाल्पा बुटवल सडक खण्ड अबरुद्ध भएको छ । सिद्धार्थराजमार्ग अन्तरगत पर्ने हिउँदे खोला , सिद्धबाबा, भालेबास लगाएतका क्षेत्रमा पहिरो गएपछि बाटो बन्द भएको हो ।

पहिरो पन्छाई बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार भालेबास र हिउदेखोलाको पहिरो पन्छाइएको छ भने सिद्धबाबा क्षेत्रमा पहिरो पन्छाउने कार्य भैरहेको छ । पहिरो पन्छाएपछी बाटो खुल्ने ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर