महानगरपालिकाले आजदेखि फोहोर उठाउने

२०७९, १२ श्रावण बिहीबार ०९:१९

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउने भएको छ । आज बिहान ६ बजेदेखि फोहोर उठ्ने महानगरपालिकाले जनाएको छ । आजदेखि उठाउने भएकोले पायक पर्ने स्थानमा फोहोर संकलन गरेर राख्‍न महानगरले अनुरोध गरेको छ । महानगरले यसअघि झै फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा राखेको जनाएको छ ।

केही दिन अघि महानगरले एक सातासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाडौँ महानगरले धन्यवादसमेत दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु