नवनियुक्त भुवन केसीले चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

२०७९, ११ श्रावण बुधबार १२:२१

काठमाडौँ – नवनियुक्त भुवन केसीले बुधबार चलचित्र विकास बोर्ड अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन भएका केसीले पदभार ग्रहण गर्दै आफूले बाहिर रहँदा उठाएका चलचित्रकर्मीका मुद्दालाई सम्बोधन गर्ने बताएका थिए । उनले यसका लागि चलचित्रकर्मीसँग बृहत् छलफल गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताएका छन् ।

विकास बोर्डमा उनलाई सदस्य सचिव टंक महतसँगै बोर्डका कर्मचारीले स्वागत गरेका थिए । २०४० सालमा प्रदर्शित ‘जुनी’बाट अभिनय प्रवेश गरेका भुवन केसी त्यसअघि रेडियो नेपालको गायकको रुपमा परिचित थिए ।

नले सय बढी सिनेमामा अभिनय गर्नुका अलावा दर्जन हाराहारी चलचित्र निर्माण गरेका छन् । चुनौतीका चाङबीच चलचित्रकर्मीको सर्वोच्च संस्था विकास बोर्डको अध्यक्ष बनेका भुवन केसीबाट चलचित्रकर्मीले क्रान्तिकारी कामको अपेक्षा गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु