Warning: Creating default object from empty value in /home/gorkhali/public_html/wp-content/themes/luklanews/inc/ReduxCore/inc/class.redux_filesystem.php on line 29
तीन प्रतिशतले घटयो नेपाल टेलिकमको विभिन्न सेवा दस्तुर – Gorkhali Voice

तीन प्रतिशतले घटयो नेपाल टेलिकमको विभिन्न सेवा दस्तुर

२०७९, १ श्रावण आईतवार १०:४०

काठमाडौँ – नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ।

यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु