कल्पना श्रेष्ठ,दाङ: मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ९६६५ नम्बरको रात्री बस मुसीकोट नगरपालिका ७ मा भित्तामा ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।
घाइतेहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गुडिरहेको गाडी भित्तामा ठोक्किएको थियो । २२ जना यात्रु बोकेको उक्त बस मध्यपहाडी लोकमार्ग भएर पोखरा हुँदै काठमाडौं पुग्नका लागि छुटेको थियो ।
बसको अगाडिको भागमा क्षती भएको छ । दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…