सरकारले घटायाे पेट्राेलमा २० र डिजेलमा २८ रुपैयाँ,पेट्रोल १७९ रुपैयाँ पर्ने

२०७९, ११ असार शनिबार १३:०८

काठमाडौँ – सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए।

मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। यसभन्दा अगाडि पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको थियाे।

सरकारले मूल्य घटाएसँगै अब नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गर्नेछ।

पटक-पटक पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धिले सरकारकाे चर्काे आलाेचना हुँदै आएकाे थियाे ।आज बिहान बसेकाे सत्ता गठबन्धनकाे पेट्राेलियम पदार्थकाे मूल्य कम गर्न सरकारलाई निर्देशन दिएकाे थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु