टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

२०७९, ९ असार बिहीबार ०५:२१

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द, विशाल राईसहित १० जना खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए । उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए । एन्फा बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु