‘बाउ बोला’ गाउने ‘जी बब’ले ‘फाइनल्ली’ भेटे सारालाई

२०७९, २६ जेष्ठ बिहीबार १०:२०

काठमाडौँ- युवापुस्ताका चर्चित र्यापर जी बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको टेन एक्स क्लबमा सार्वजनिक गरिएको छ ।  र्यापर जी बब मिलेन लेभल तेरो बाउ  बाेला ए..का गायक हुन जी बबले नै तयार पारेको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोलाई निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । भिडियोमा नायिका सारा सिरपाइली र मोडल डेलविसले अभिनय गरेका छन् । अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । र्यापर जी बब मिलेन लेभल तेरो बाउ  बाेला ए..का गायक हुन् । उनले ‘ए मेराे हजुर ४’को प्रमाेसनल गीत पनि गाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु