सकारात्मक विचार बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने

२०७९, २४ जेष्ठ मंगलवार १२:४७

काठमाडौ – गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन्।

सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए। सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए।

संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ। उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए।

बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै अधिकांश बलात्कारका घटनामा युवाहरू नै संलग्न रहेको पाइएको उनको भनाइ छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु