‘लण्डन टु पेरिस’मा भित्रिए निश्चल, साम्राज्ञीसँग

२०७९, २१ जेष्ठ शनिबार ११:१८

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक भित्रिएका छन् । नन–एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् ।

‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताए । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

कबीरलाई चाहिं गरिमाको अपोजिटमा देख्न पाइने भएको छ । रोमकम ड्रामा (रोमान्टिक कमेडी) फिल्मको छायांकन असारदेखि बेलायत र फ्रान्समा हुने भएको छ ।

कान्तिपुर फिल्म एकेडेमीमा अभिनेत्री सरिता गिरीले सबै कलाकारलाई लिएर कार्यशाला चलाइरहेकी छन् । यात्रामा आधारित प्रेमकथाको मुख्य पुरुष पात्रको भूमिका निश्चलले निर्वाह गर्नेछन् । बाँकी कलाकारलाई लण्डनबाटै लिइने भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु