नेपाल फेस्टिवल फुकुओका २०२२ को स्टल बुकिङ खुल्ला ।

२०७९, १९ जेष्ठ बिहीबार २०:०४

जापान । एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगायत क्युस्युमा अवस्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरुको आयोजनामा हुन गैइरहेको जापानको फुकुओकामा नेपाल फेस्टिवल फुकुओका २०२२ को स्टल बुकिङ खुल्ला भएकोछ ।

नेपाली बाणिज्य दुताबास फुकुओकको बिशेष सहयोगमा आउदो अगष्ट ६ तारिख चिउओ पार्क तेन्जिन, फुकुओकामा हुन गैरहेको नेपाल फेस्टिवल फुकुओका २०२२ को स्टल बुकिङ्ग खुल्ला भएको एनआरएनए क्युस्यु, क्षेत्रीय संयोजक एबम् नेपाल फेस्टिवल फुकुओका २०२२ को संयोजक अर्जुन बगाले जानकारी दिनुभयो । नेपाल फेस्टिवल फुकुओका २०११ देखी गर्दै आईरहेकोछ बीचमा कोरोना को कारण गर्दा रोकियर अहिले यो फेस्टिभल १० औ नेपाल फेस्टिवल फुकुओका रहेको पनि बताउनु भयो ।

स्टल बुकिङ गर्न यो लिन्क खोल्नुहोस्

https://docs.google.com/forms/d/e/1FAIpQLSdzWTP-KKazSzLbl3tJmbDrOlQM-eI-IwmdYYk9qdilkW9v4w/viewform?edit2=2_ABaOnucM6G8eHlbrZquGciT_7ErDUcEgykIxFByDzwYYUIaS4y7TkJNBQucPmuz-vg

नेपाल फेस्टिवल फुकुओका २०२२ मा २० वटा स्टल रहने तेस मा स्कुल, कलेज हरु ५ वटा ब्यबसायी स्टल तेस्को १ वटा स्टल को ५०००० येन अनी नर्मल स्टल ५ वटा जस्मा खाध्य सामाग्री, नेपाली कपडा हरुको लागि १ स्टलको ३५००० येन रेस्टुरेन्ट ब्यबसायी १० वटा स्टल रहने १ स्टलको ३५००० येन रहेकोछ । बुकिङ खुल्ला यही जुन २ तारिक बाट जुन १५ तारिक सम्म रहेकोले हुदा सम्बन्धित ब्यबसायी हरुलाई समयमै स्टल बुकिङ गर्न आयोजक कमिटि हार्दिक अनुरोध गरेकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु