साथी आफैँले स्कुल जाऔँ भन्दै म्यासेज पठाइन्, बाटोमा दाइसँग मिलेर हत्या गरिन्’

काठमाडौं: ‘कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी उदयपुरको कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनकै किशोरी साथी र साथीको दाइको संग्लनता देखिएको छ ।
प्रहरीले हत्या आरोपमा कवितासँगै पढ्दै आएकी ढकाल थरकी १५ वर्षीया छात्रा र उनका दाइ नाता पर्ने १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको छ । कविताको मोबाइल पनि उनकै साथीको घरमा भेटिएको छ ।
मंगलबार बिहान करिब साढे ६ बजेको समयमा कविता यशोदा खोलामा मृत भेटिएकी थिइन् । बिहान साढे ६ बजेको आसपासमा उनलाई भैँसी चराउन जानेहरूले देखेका थिए ।

बेलका नगरपालिका–३ की छात्रा कविता कक्षा–१० मा अध्ययनरत थिइन् । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार शरीरमा छाला रोगको समस्या देखिएपछि उनी केही दिनयता बिहानको कोचिङ कक्षामा अनुपस्थित रहँदै आएकी थिइन् । विद्यालयमा प्रत्येक दिन बिहान सवा ६ बजेदेखि अंग्रेजी, गणित र विज्ञान विषयको पढाइ हुँदै आएको थियो ।
केही दिन कोचिङ कक्षा नआएकी कविता साथीसँग हिजो स्कुल जाने भन्दै निस्किएकी थिइन् । कविताको घर विद्यालयभन्दा तीन किलोमिटरको दूरीमा छ । उनी प्रायःजसो पैदल हिँडेरै विद्यालय पुग्ने गरेकी थिइन् ।
तर, मंगलबार कविता आफ्नै साथीको योजनामा मारिइन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “कवितलाई उनकी साथीले बिहान साढे ४ बजेतिर आज कोचिङ जानुपर्छ भनेर फेसबुकमा म्यासेज गरेकी रहिछिन् । उनले हुन्छ भनेपछि साथीसँगै हिँडेर स्कुलतर्फ अगाडि बढिन् । साथीसँग उनको दाइ पनि रहेछन् । उनका दाइले बियरको बोतल लुकाएर लगेका रहेछन् । केही पर पुगेपछि कविताको टाउकोमा बियरको बोतलले हिर्काएका रहेछन् ।”
कवितालाई लिन उनकी साथी घरनजिकै आएकी थिइन् । बियरको बोतलले हिर्काएपछि कविता जमिनमा लडेको र सो अवस्थामा उनीहरूले टाउकोमा ढुंगा प्रहार गरेको देखिएको छ ।
कवितामाथि आक्रमण गरिसकेपछि उनीहरूले घिसारेर खोलासम्म लगेको र फेरि टाउकोमा ढुंगा बजारेको उनीहरूले बताएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ ।
उनका अनुसार पक्राउ परेका दुवैजनाले हत्यामा आफ्नो संलग्नता स्वीकार समेत गरिसकेका छन् । कविताको मोबाइल साथीको घरबाट बरामद हुनुले घटना पुष्टि भएको प्रहरी भनाइ छ । यसबाहेक प्रहरीले बियरको बोतलका टुक्रा समेत बरामद गरेको छ ।
कवितामाथि आक्रमण गर्दा विनोदको शरीरमा समेत चोट लागेको प्रहरीले जनाएको छ । आफूलाई हेप्ने गरेका कारण कवितामाथि आक्रमणको योजना बनाएको उनकी साथीले बताएकी छन् ।
अनुसन्धानका क्रममा केही समयअघि मनमुटाव भएर कविता र उनकी साथीबीच बोलचाल पनि बन्द भएको थियो । त्यसपछि कविताकी साथी फेरि बोल्न सुरु गरेकी थिइन् । निम्नवर्गीय परिवारकी कविताका बुवा सामान्य मजदुरीको काम गर्दै आएका छन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आज म्याद थपको तयारी गरेको छ । प्रहरीले घटनाबारे प्राविधिक पाटोको समेत अनुसन्धान भइरहेको जनाएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago