नेपाली कांग्रेस पाल्पाका उम्मेदवार चयन

२०७९, १२ बैशाख सोमबार १०:३६

पाल्पा, १२ वैशाख । नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । पाँच दलिय गठबन्धनमा भागबण्डा भए अनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो ।

तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन् । रामपुरको उप–प्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन भएकी छिन् । निस्दी गाउँपालिका अध्यक्षमा गोविन्द प्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा बिष्णु कुमारी आचार्य उम्मेदवार बन्ने भएकी छिन् । रम्भा उपाध्यक्षमा बिष्णु कुमार थापाले मनोनयन दर्ता गर्नेछन् ।

माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा वगनाशकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी चयन भएकी छिनु । रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारी चयन भएकी छिन् । रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराई र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाइ उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस सूचना विभाग प्रमुख सन्तोष कुमार थापाले बताए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमाले विरुद्ध पाँच दलिय गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका हुन् ।

Comments

ताजा खबर