काठमाडौं: हामी दैनिक जीवनयापनका क्रममा यस्ता गल्ती गरिरहेका हुन्छौ, जो स्वास्थ्यका लागि गंभिर समस्या बन्न सक्छ । जस्तो कसिलो जिन्स पहिरिनु, खाना पछि तुरुन्तै ब्रस गर्नु । हुन त यि सामन्य कुरा लाग्छ, तर यसको नतिजा असमान्य बनिदिन्छ ।
१. कसिलो जिन्स लगाउनु : अहिले फेसनमा छ, फिटिङ्स जिन्स । तर, फेसनेवल हुने चक्करमा यति कसिलो जिन्स पनि पहिरिनु हुन्न कि, जसले स्वास्थ्यमा असर गरोस् । किनभने कसिलो जिन्सले हाम्रो छाला एवं मांशपेशीलाई निरन्तर दबाब दिन्छ । नसामा पनि दबाव पैदा गर्छ । यसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ । असहज महसुष हुने त छदैछ, स्वास्थ्यमा पनि नोक्सान पुर्‍याउँछ ।
२. खाना खाए लगत्तै ब्रस गर्नु : खाना खानसथा तुरुन्तै ब्रस गर्ने बानी छ भने, त्यसलाई छाडिदिनुहोस् । खाना खाएको कम्तीमा तीस मिनेट वा एक घण्टा पछि मात्र ब्रस गर्नुपर्छ । जब खानेकुरा उच्च एसिडिक हुन्छ तब यसको अझ ख्याल राख्नुपर्छ । किनभने खाना पछि तुरुन्तै ब्रस गर्दा खानासँगको रसायनिक प्रतिक्रियाले गर्दा दाँतको प्राकृतिक इनामेल खिइन्छ । बरु, खाना खानसाथ पानीले राम्ररी कुल्ला गर्नुपर्छ ।

३. हाँच्छ्यु रोक्ने प्रयास : जब हामीलाई हाँच्छ्यु आउँछ, रोक्ने प्रयास गरिन्छ । हाँच्छ्यु त्यसबेला आउँछ, जतिबेला हाम्रो शरीरमा कुनै गडबडी हुन्छ । त्यसैले हाँच्छ्यु रोक्दा शरीरमा थप दबाव पैदा हुन्छ ।

४. परफ्युमको प्रयोग : परफ्युममा सिन्थेटिक तत्व मिश्रण गरिएको हुन्छ, जसले तिब्र सुगन्ध दिन्छ र प्राकृतिक तेलभन्दा सस्तो पनि हुन्छ । यहि सिन्थेटिक तत्वले गर्दा तपाईलाई चक्कर आउने, वान्ता आउने समस्या हुनसक्छ । यो आँखा, गला र छालाको लागि पनि हानिकारक हुन्छ । त्यसैले प्राकृतिक तेलयुक्त परफ्युम प्रयोग गर्नुपर्छ ।

५. सस्तो प्लाष्टिक बक्सको खाना : हामी कतिपय खानेकुरा सस्तो प्लाष्टि बक्समा राख्छौं । तर, यो कृत्रिम रसायनिक पदार्थले बनेको हुन्छ । प्लाष्टिक ब्याग लचिलो बनाउनका लागि त्यस किसिमको रसायन मिसाइएको हुन्छ । उक्त रसायन खानेकुरामा सजिलै फैलन्छ जो हामीले सेवन गर्दा शरीरमा प्रवेश गर्छ । त्यसैले यस्तो प्लाष्टि बक्सको साटो स्टेनलेस स्टिल, सिरामिक वा शिसाको भाँडामा खानेकुरा राख्नुपर्छ ।

६. एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग : हाम्रो छालाको सतहमा धेरैजसो उपयोगी ब्याक्टेरिया हुन्छ । यसले हाम्रो शरीरलाई सुरक्षा दिइरहेको हुन्छ । यदि तपाई एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग गर्दा नराम्रो ब्याक्टेरियालाई शरीरमा प्रवेश गर्नका लागि अनुकुलता मिल्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुन हप्तामा दुई पटकसम्म मात्र प्रयोग गर्नुपर्छ । एजेन्सी

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago