काठमाडौं: हामी दैनिक जीवनयापनका क्रममा यस्ता गल्ती गरिरहेका हुन्छौ, जो स्वास्थ्यका लागि गंभिर समस्या बन्न सक्छ । जस्तो कसिलो जिन्स पहिरिनु, खाना पछि तुरुन्तै ब्रस गर्नु । हुन त यि सामन्य कुरा लाग्छ, तर यसको नतिजा असमान्य बनिदिन्छ ।
१. कसिलो जिन्स लगाउनु : अहिले फेसनमा छ, फिटिङ्स जिन्स । तर, फेसनेवल हुने चक्करमा यति कसिलो जिन्स पनि पहिरिनु हुन्न कि, जसले स्वास्थ्यमा असर गरोस् । किनभने कसिलो जिन्सले हाम्रो छाला एवं मांशपेशीलाई निरन्तर दबाब दिन्छ । नसामा पनि दबाव पैदा गर्छ । यसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ । असहज महसुष हुने त छदैछ, स्वास्थ्यमा पनि नोक्सान पुर्‍याउँछ ।
२. खाना खाए लगत्तै ब्रस गर्नु : खाना खानसथा तुरुन्तै ब्रस गर्ने बानी छ भने, त्यसलाई छाडिदिनुहोस् । खाना खाएको कम्तीमा तीस मिनेट वा एक घण्टा पछि मात्र ब्रस गर्नुपर्छ । जब खानेकुरा उच्च एसिडिक हुन्छ तब यसको अझ ख्याल राख्नुपर्छ । किनभने खाना पछि तुरुन्तै ब्रस गर्दा खानासँगको रसायनिक प्रतिक्रियाले गर्दा दाँतको प्राकृतिक इनामेल खिइन्छ । बरु, खाना खानसाथ पानीले राम्ररी कुल्ला गर्नुपर्छ ।

३. हाँच्छ्यु रोक्ने प्रयास : जब हामीलाई हाँच्छ्यु आउँछ, रोक्ने प्रयास गरिन्छ । हाँच्छ्यु त्यसबेला आउँछ, जतिबेला हाम्रो शरीरमा कुनै गडबडी हुन्छ । त्यसैले हाँच्छ्यु रोक्दा शरीरमा थप दबाव पैदा हुन्छ ।

४. परफ्युमको प्रयोग : परफ्युममा सिन्थेटिक तत्व मिश्रण गरिएको हुन्छ, जसले तिब्र सुगन्ध दिन्छ र प्राकृतिक तेलभन्दा सस्तो पनि हुन्छ । यहि सिन्थेटिक तत्वले गर्दा तपाईलाई चक्कर आउने, वान्ता आउने समस्या हुनसक्छ । यो आँखा, गला र छालाको लागि पनि हानिकारक हुन्छ । त्यसैले प्राकृतिक तेलयुक्त परफ्युम प्रयोग गर्नुपर्छ ।

५. सस्तो प्लाष्टिक बक्सको खाना : हामी कतिपय खानेकुरा सस्तो प्लाष्टि बक्समा राख्छौं । तर, यो कृत्रिम रसायनिक पदार्थले बनेको हुन्छ । प्लाष्टिक ब्याग लचिलो बनाउनका लागि त्यस किसिमको रसायन मिसाइएको हुन्छ । उक्त रसायन खानेकुरामा सजिलै फैलन्छ जो हामीले सेवन गर्दा शरीरमा प्रवेश गर्छ । त्यसैले यस्तो प्लाष्टि बक्सको साटो स्टेनलेस स्टिल, सिरामिक वा शिसाको भाँडामा खानेकुरा राख्नुपर्छ ।

६. एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग : हाम्रो छालाको सतहमा धेरैजसो उपयोगी ब्याक्टेरिया हुन्छ । यसले हाम्रो शरीरलाई सुरक्षा दिइरहेको हुन्छ । यदि तपाई एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग गर्दा नराम्रो ब्याक्टेरियालाई शरीरमा प्रवेश गर्नका लागि अनुकुलता मिल्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुन हप्तामा दुई पटकसम्म मात्र प्रयोग गर्नुपर्छ । एजेन्सी

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago