भाडामा यात्रु बोक्ने सरकारी एम्बुलेन्स ट्राफिकको कारवाहिमा

रामपुर अस्पतालको बा२झ १७४३ नम्बरको एम्बुलेन्सले प्रभास बाट रामपुर सम्मको भाडा प्रती ब्यक्ती ६ सय २५ का दरले २५ सय रुपैया असुलेका थिए ।  यो भाडादर प्रचलित भाडा भन्दा धेरै हो ।

पाल्पा, २० जेष्ठ । एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी ब्यवस्था रहेको छ । बिरामी ओसारपसार गर्न स्विकृति पाएको बाहन एम्बुलेन्स हो । पाल्पामा भने बिरामी नबोकेर एम्बुलेन्सले यात्रु ओसारपसार गरेको पाइएको छ ।

ट्राफिक चेकिङ्गका क्रममा भाडामा यात्रु बोकेको एम्बुलेन्स कारवाहिमा परेको छ । रामपुर अस्पतालको बा२झ १७४३ नम्बरको एम्बुलेन्स कारवाहिमा परेको हो । पाल्पा प्रभासबाट रामपुर जाने ४ जना यात्रुलाई एम्बुलेन्समा यात्रा गराएको ट्राफिक चेकिङ्गका क्रममा भेट्टाइएकको थियो । एम्बुलेन्सका चालकले प्रभास बाट रामपुर सम्मको भाडा प्रती ब्यक्ती ६ सय २५ का दरले २५ सय रुपैया असुलेका थिए ।  यो भाडादर प्रचलित भाडा भन्दा धेरै हो ।

भाडामा यात्रु बोकेको संका लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारवाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । पहिलो पटक रहेकाले १ हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको प्रमुख मल्लले बताउनुभयो । सिद्धार्थ राजमार्गको बर्तुङ्ग – आर्यभन्ज्याङ्ग सडक खण्डमा पर्ने चिर्तुङ्गधारामा ट्राफिक चेकिङ्गका क्रममा एम्बुलेन्सले यात्रु बोकेको भेट्टाइएको थियो ।

“सवारी तथा यातायात व्यवस्था ऐन, २०४९”  को दफा १२ मा अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनिएको छ ।
ऐनमा भएको ब्यवस्था :
१२. अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुनेः
कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन । भन्सार महसुल छुट हुने गरी सुविधा प्रदान गरिएको सवारीलाई जुन प्रयोजनको निम्ति भन्सार महसुल छुट दिइएको हो त्यस्तो प्रयोजनको निम्ति बाहेक अन्य प्रयोजनको निम्ति त्यस्तो सुविधा प्राप्त सवारी प्रयोग गर्न पाइने छैन ।

यस्तै राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी ब्यवस्था रहेको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ । एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुको व्यवस्था गरिएको छ । तर अनुगमन हुन सकेको छैन ।

यस्तै एम्बुलेन्सको भाडाम समेत एकरुपता भएको पाइदैन । बिरामीको सुबिधाका लागी करछुटमा ल्याइएका एम्बुलेन्सले भाडामा यात्रु बोक्दा बिरामिले समयमा एम्बुलेन्स सुबिधा पाउन सकेका छैनन । यसको नियन्त्रणका लागी नियमन निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago