भाडामा यात्रु बोक्ने सरकारी एम्बुलेन्स ट्राफिकको कारवाहिमा

रामपुर अस्पतालको बा२झ १७४३ नम्बरको एम्बुलेन्सले प्रभास बाट रामपुर सम्मको भाडा प्रती ब्यक्ती ६ सय २५ का दरले २५ सय रुपैया असुलेका थिए ।  यो भाडादर प्रचलित भाडा भन्दा धेरै हो ।

पाल्पा, २० जेष्ठ । एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी ब्यवस्था रहेको छ । बिरामी ओसारपसार गर्न स्विकृति पाएको बाहन एम्बुलेन्स हो । पाल्पामा भने बिरामी नबोकेर एम्बुलेन्सले यात्रु ओसारपसार गरेको पाइएको छ ।

ट्राफिक चेकिङ्गका क्रममा भाडामा यात्रु बोकेको एम्बुलेन्स कारवाहिमा परेको छ । रामपुर अस्पतालको बा२झ १७४३ नम्बरको एम्बुलेन्स कारवाहिमा परेको हो । पाल्पा प्रभासबाट रामपुर जाने ४ जना यात्रुलाई एम्बुलेन्समा यात्रा गराएको ट्राफिक चेकिङ्गका क्रममा भेट्टाइएकको थियो । एम्बुलेन्सका चालकले प्रभास बाट रामपुर सम्मको भाडा प्रती ब्यक्ती ६ सय २५ का दरले २५ सय रुपैया असुलेका थिए ।  यो भाडादर प्रचलित भाडा भन्दा धेरै हो ।

भाडामा यात्रु बोकेको संका लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारवाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । पहिलो पटक रहेकाले १ हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको प्रमुख मल्लले बताउनुभयो । सिद्धार्थ राजमार्गको बर्तुङ्ग – आर्यभन्ज्याङ्ग सडक खण्डमा पर्ने चिर्तुङ्गधारामा ट्राफिक चेकिङ्गका क्रममा एम्बुलेन्सले यात्रु बोकेको भेट्टाइएको थियो ।

“सवारी तथा यातायात व्यवस्था ऐन, २०४९”  को दफा १२ मा अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनिएको छ ।
ऐनमा भएको ब्यवस्था :
१२. अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुनेः
कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन । भन्सार महसुल छुट हुने गरी सुविधा प्रदान गरिएको सवारीलाई जुन प्रयोजनको निम्ति भन्सार महसुल छुट दिइएको हो त्यस्तो प्रयोजनको निम्ति बाहेक अन्य प्रयोजनको निम्ति त्यस्तो सुविधा प्राप्त सवारी प्रयोग गर्न पाइने छैन ।

यस्तै राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी ब्यवस्था रहेको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ । एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुको व्यवस्था गरिएको छ । तर अनुगमन हुन सकेको छैन ।

यस्तै एम्बुलेन्सको भाडाम समेत एकरुपता भएको पाइदैन । बिरामीको सुबिधाका लागी करछुटमा ल्याइएका एम्बुलेन्सले भाडामा यात्रु बोक्दा बिरामिले समयमा एम्बुलेन्स सुबिधा पाउन सकेका छैनन । यसको नियन्त्रणका लागी नियमन निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago