काठमाडौँ: चीनले तिब्बतमा भौतिक पूर्वाधार विकासका लागि यस वर्षमा १ खर्ब ४० अर्ब (करिब २२ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ ।
क्षेत्रीय विकास तथा सुधार आयोगका अनुसार चीनले तिब्बतमा १ सय ८१ वटा ठूला परियोजना सञ्चालनका लागि लगानी गर्न लागेको हो ।
जसमा सडक, रेल मार्ग, विमानस्थल, पानी संरक्षण, स्वच्छ उर्जा, हरित उद्योग, उद्योग र सीमा व्यापार बन्दोबस्तीसहितको विषय रहेको सिन्ह्वाले जनाएको छ । जसमध्ये यसै वर्षको पहिलो त्रैमासिकमा २४ वटा नयाँ परियोजना सुरु भएका छन् । जसमा २३ अर्ब ४० करोड युआन लगानी हुने छ ।
चीनले १४ औं पञ्च वर्षीय योजनाअन्तर्गत २०२१-०२५ सम्ममा तिब्बतमा आर्थिक तथा सामाजिक विकासका लागि ६ खर्ब युआन लगानी गर्ने जनाएको छ । यो रकम तिब्बतको १३ औं पञ्च वर्षीय योजनाभन्दा ५८ प्रतिशत बढी हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…