बम प्रहारमा घाइते मारियानाले बच्चा जन्माइन्

२०७८, २८ फाल्गुन शनिबार ०८:११

युक्रेन: मारिपोल अस्पताल आक्रमणमा घाइते भएकी गर्भवती महिलाले बच्चा जन्माएकी छन् । रुसले बम प्रहार गरेको अस्पतालको भग्नावशेषबाट भागेकी युक्रेनकी एक गर्भवती महिलाले छोरीलाई जन्म दिएकी छन् ।

गर्भवती मारियाना भिसेगिरस्कायाको अनुहार रगतले लतपतिएको थियो । जब उनी भग्नावशेषबाट तल ओर्लिइन्, त्यहाँ तीन व्यक्तिको मृत्यु भयो उनले अर्को दिन बच्चा जन्माइन् ।

संयुक्त राष्ट्रका लागि युक्रेनका राजदूतले बच्चाको नाम भेरोनिका राखिएको बताएकी छन् ।

Comments

ताजा खबर