नेपाल र नेपाली चिनाउन नेपाल फेष्टिवल

नागोया, जापान । “नेपाल फेष्टिवलमा नेपालका चर्चित कलाकारहरु बद्रि पंगेनी, पशुपति शर्मा, राजु लामा, सम्झना भण्डारी , सर्मिला गुरुङ्ग लगाएतलाई सम्मान गरिने “ 

-दिपक कार्की (फेष्टिवल संयोजक ) :- जापानको राजधानी टोकियो र अर्को शहर फुकोओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेष्टिबल पछि जापानको तेश्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेष्टिबल हुने भएको छ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुन लागेको फेष्टिवलमा जापानमा रहेको नेपालीका संघ -संस्थाहरुको पनि साथ सहयोग रहेको छ। यहि सेप्टेम्बर ३ र ४ मा सम्पन्न हुने नेपाल फेष्टिवल के का लागि ? यि र यस्तै जिज्ञासा मेट्न नागोयामा हुन लागेको नेपाल फेष्टिवलका संयोजक एवं एनआरएनए आईसिसि सदस्य समेत रहेका दिपक कार्की संग गरिएको कुराकानी :-

-फेक्टिवलको तयारी कहाँ पुग्यो बताउनुस् न ?

हामीले फेष्टिवलको सम्पूर्ण तयारी सकेका छौं। सबैको साथ र सहयोग बाट हामीहरु यहा सम्म आई पुगेका छौं । 

-फेष्टिवल आयोजना गर्न कत्तिको गाह्रो रहेछ ? 

फेष्टिवल आयोजना गर्न र सफल बनाउन चानेचुने कुरा होईन, कुनै बेला यौट्टा घरमा त कुरा मिल्दैन । हामी यति धेरै मान्छे छौं , सबैको चित्त बुझाउन अवश्य पनि गाह्रो कुरा हो। र पनि सबैलाई समेटेर यहा सम्म आई पुगेका छौं। 

-फेष्टिवल अबलोकन गर्न कति येनको टिकटको व्यवस्था गर्नु भएको छ ? 

हामीले पहिलो फेस्टिवल जस्तै यसपालि पनि सबैलाई टिकट निशुल्क राखेका छौं। 

-अनि फेस्टिवल सञ्चालन गर्ने खर्च कहाँबाट जुटाउनु भएको छ त ? खर्च त हुन्छ होला ? 

खर्च नहुने त कुरै भएन। हामीले जापानमा रहेर व्यवशाय गर्नु भएका  नेपाली व्यवशायीहरु , बिभिन्न संघ – संस्थाहरु र स्वाईच्छाले आर्थिक सहयोग गर्नु हुने सबैबाट आर्थिक संकलन गरेर यो फेष्टिवल सञ्चालन गर्दै छौं। 

-जापानमा भएका नेपाल फेस्टिवलहरुमा फेष्टिवलको आर्थिक गतिविधी पारदर्शी नभएको र घाटा मात्र देखाईन्छ भन्ने गुनासो छ नि ? 

अन्य फेस्टिवलमा पहिलो यस्ता केहि गुनासा आएका हुन सक्छन । नागोयामा यस अघि भएको फेस्टिवलमा हामी करिब ८ लाख येन नाफामा नै थियौं । काम गर्ने क्रममा कहि कतै कमजोरी हुन सक्छ। हामीले त्यसलाई सुर्धादैं जाने हो । अहिले हुन लागेको नेपाल फेष्टिवलमा सबै आर्थिक गतिबिधी बैंक मार्फत गरेका छौं। आर्थिक समिति यो विषयमा सचेत छ। फेस्टिवल सकिना साथ  फेष्टिवलको सबै हिसाव सार्वजनिक गर्छौं। 

-नेपालीले गरेका कार्यक्रममा झैं झगडा हुने गर्छ भन्नेहरु पनि छन नि ? 

त्यस्तो होईन, हामीले सुरक्षाको पूर्ण व्यवस्था गरेका छौं। जापनिज पुलिसले पनि पेष्टिवलको बाहिरी घेराबाट फेष्टिवल अवधीभर सुरक्षा दिने छन्। स्यंम सेबकको टिमले पनि फेस्टिवलमा हरेक गतिविधीको निगरानी गर्ने छन्। ठाँउ – ठाँउमा सिसि क्यामेराको पनि व्यवस्था हुने छ। हरेक जो कोही पनि ढुक्क भएर फेष्टिवलमा आउन र मनोरञ्जन लिन सक्नु हुने छ। 

-जापानमा कोभिट संक्रमण रोकिएको छैन , संक्रमण फैलन नदिन कस्तो व्यवस्था छ ? 

हामीले फेष्टिवल परिसरमा हेल्थ डेक्सको व्यवस्था गरेका छौं । जहा ज्वरो नाम्ने , सेनिटाइजर गर्ने आदी काम हुन्छ। 

-नेपाल फेष्टिवल के – का लागी हो जापानमा ?

नेपाल र जापान विच वर्षौ देखि सुमधुर सम्बन्ध छ। जापान नेपालको प्रमुख दातृ राष्ट्र पनि हो। वर्षेनी धेरै जापनिजहरुले नेपाल भ्रमण गर्ने गर्छन। जापानमा पनि १ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्। नेपाल फेष्टिवल गर्नु हाम्रो उद्देश्य भनेका जापनिजलाई नेपाल चिनाउनु र जापनिज संगको सम्बन्धलाई प्रगाढ बनाउनु नै हो। 

-के -के हेर्न सकिन्छ फेष्टिवलमा , कस्तो व्यवस्थापन छ ? 

फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु रहने छन् । फेस्टिवलमा नेपाली कला संस्कृति तथा पहिचान बारे बिषेश प्रस्तुति रहने छ। जनजातिको पहिरनमा आगन्तुकले फोटो खिच्न सक्ने छन्। नेपाल र जापानका कलाकारहरुले उपस्थित सबैलाई गित , संगित मार्फत भरपूर्ण मनोरञ्जन प्रदान गर्ने छन्। नेपालबाट आएका कलाकारहरु बद्रि पंगेनी, पशुपति शर्मा, राजु लामा, सम्झना भण्डारी , सर्मिला गुरुङ्ग लगाएतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। फेस्टिबलमा नेपाली बारतली भएको घर समेत हेर्न सकिने छ। त्यसैले फेस्टिवलमा आफु सहित आफुले चिनेका जापनिजलाई लिएर आउनु हुन म फेष्टिवल आयोजक समितिको तर्फबाट सबैलाई अनुरोध गर्दछु। प्रस्तुति:- कविकिरण न्यौपाने )

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago