लोकमार्गले किन गतिलिन सकेन ! , २८ वर्षसम्म अधुरै लोकमार्ग

खोटाङ: रावाबेसी गाउँपालिका–१ कुभिन्डेका रामबहादुर राईलाई दिक्तेल–गाईघाट कालोपत्र सडकमा गाडीमा हुइँकिने रहर थियो । ट्र्याक निर्माण थालिएको २८ वर्षमा पनि सडक निर्माण पूरा नभएपछि उनको आशा मरेर गयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) निर्माण सुरु भएको हो । त्यतिखेर खोटाङकै अशोक राई यातायात राज्यमन्त्री थिए । छिट्टै सडक बन्ला र खोटाङवासीले सुख पाउलान् भनेर आशा गरे पनि व्यर्थ भएको राई बताउँछन् ।
निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम गरे जस्तो मात्र गर्ने तर कहिल्यै पूरा नगरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ । थुप्रै पटक सम्बन्धित निकायमा कुरा उठाउँदासमेत पार नलागेको उनले सुनाए । सगरमाथा लोकमार्गलाई सरकारले गौरवको आयोजनामा राखे पनि निर्माण कम्पनीकै कारण ढिलासुस्ती भइरहेको उनले दोहोर्‍याए । फोक्सिङटार–माहुरे (४९ किलोमिटर) सडकको काम भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभी र देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको हो ।
२०७७ असारमा कालोपत्र भइसक्नुपर्ने सडक अहिले धुलाम्मे छ, वर्षामा हिलाम्मे हुन्छ । निर्माण अवधि सकिँदासमेत सडक कालोपत्रको काम अपूरै रहेकोमा जिल्लावासी निराश छन् । राजनीतिक नेतृत्वको आँखा चिम्लिने प्रवृत्तिले निर्माणले गति नलिएको नेपाल चेम्बर अफ कमर्शका जिल्ला सचिव सुमन श्रेष्ठ बताउँछन् । फोक्सिङटार–महुरे खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी भन्ज्याङसम्मको (२२ किमि) सडक कालोपत्रको काम भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभी र सिमपानी भन्ज्याङदेखि फोक्सिङटारसम्मको (२७ किमि) सडकको ठेक्का देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको हो । यसमध्ये भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभीले करिब ४१ करोड ५० लाख रुपैयाँमा २०७७ असार २९ भित्र सक्ने गरी २०७३ असार ३० मा सम्झौता गरेको थियो । तर ठेक्का लिएको साढे ५ वर्ष भइसक्दा ४५ प्रतिशत मात्र भौतिक प्रगति रहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले जनाए । सिम्पानीको भन्ज्याङदेखि फोक्सिङटारसम्मको निर्माण ६० प्रतिशत मात्रै सकिएको छ ।

५५ करोड ८७ लाख रुपैयाँ लागतमा २०७७ साउन १० मा सक्ने गरी देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले २०७३ साउन ११ मा निर्माण सम्झौता गरेको थियो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago