बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २५४६.६० विन्दुमा

काठमाडौं: नेप्सेले निरन्तर पाँचौँ कारोबार दिन पनि गिरावतलाई निरन्तरता दिएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले, यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २५४६.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ११.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंक घटेको छ।

यस दिन २२८ स्टकको ५५ हजार २१२ पटकको कारोबारमा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको ७६ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २२८ स्टकमध्ये २१२ स्टकको मूल्य घटेको छ भने ६ स्टकको मात्र मूल्य बढेको छ। यस दिन रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक, स्वाभिमान लघुवित्तको शेयरमूल्य, एनआईबिएल प्रगति फण्डको इकाईमूल्य तथा आइसीएफसी फाइनान्सको ऋणपत्र र गुडविल फाइनान्सको ऋणपत्रको मूल्य बढेको हो। कारोबारमा आएको हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी र ङादी ग्रुपको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधकि ३.६५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकीको १ प्रतिशतभन्दा बढी घटेको छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago