तीन दिनको मौसम पूर्वानुमान :मेघ गर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

२०७८, १३ फाल्गुन शुक्रबार ०९:१५

काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन मेघ गर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती  र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना रहेको छ। राती सुदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशभरि तथा कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती सुदूरपश्चिमको पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आइतबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  रहेको छ। उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु