भारी वर्षा, पोखरामा सय बढी घर डुबानमा ।

२०७९, १६ श्रावण सोमबार १३:२३

पोखरा । पोखरा महानगरपालिका–१३ मा भारी वर्षा भएपछि झण्डै एक सयभन्दा बढी घर डुबानमा परेको छ।वडा नं १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्र डुबानमा परेको हो। 

फाईल फोटो

कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए। ठूलो वर्षा भएपछि कमलपोखरी आसपासका क्षेत्रमा आफू रातिबाटै डोजर लिएर पानी तर्काउँदै हिँडेको बरालले जानकारी दिए। निरन्तर बाढी आइरहेको कारण पानी तर्काउने काममा समस्या भएको उनले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु