झापाको बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला

२०७८, ९ माघ आईतवार ०९:१६

झापाको बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार पश्चिम बस स्ट्याण्ड छेउ कुकरमा तार जोडेको बम जस्तो शंकास्पद वस्तु फेला परेको हो।

अहिले सोही वस्तुलाई नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु