आइसिसी टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक

२०७८, ७ माघ शुक्रबार ११:०९

एजेन्सी । आइसिसी पुरुष टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ ।

फाइल फोटो

आइसिसीले सार्वजनिक गरेकाे खेल तालिका अनुसार पहिलो चरण अन्तर्गत उद्घाटन खेलमा श्रीलंका र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।याे खेल अक्टोबर १६ मा अस्ट्रेलियाकाे गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ । पहिलो चरणको समूह ‘ए’ मा नामिबिया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहने छन् ।समूह ‘बी’ मा स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् ।ओमान र जिम्बावेमा हुने ग्लाेबल छनाेटबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

प्रतियोगिताको सुपर १२ का  खेलहरू भने अक्टोबर २२ बाट सुरु हुनेछन् । पहिलो खेलमा आयोजक अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । सुपर १२ अन्तर्गतको समूह एकमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।समूह दुईमा  बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।समूह दुई अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच २३ अक्टाेबरमा हुनेछ ।प्रतियाेगिता अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।

खेल तालिका 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु