कामना सेवा विकास बैंक लिमिटेडले ३१ हजार ७२९ कित्ता संस्थापक शेयर विक्री गर्ने

२०७८, २८ पुष बुधबार ११:२७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३१ हजार ७२९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी विक्रीमा ल्याएको एक सुचना जारी गर्दै जनाउको छ ।

कम्पनीले रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको नाममा रहेको नाममा रहेको २६ हजार ८९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले पुस २८ गते विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री खुला गरेको हो ।

यस शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

यसअघि कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यस शेयर विक्री गर्न लागेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु