मनकारी दिल बहादुर बस्नेतले अति विपन्न ७० घर-परिवारलाइ राहत स्वरुप खाधन्न वितरण ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् ।

दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र सर्वत्र उब्जीएको छ ।

दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाधन्नको याचना गर्न थालिसकेका छन् ।सरकार यसप्रति संवेदनशिल बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ । यसै बिच विगत लामो समय देखि जापान रहदै आउनु भएका प्रदेश ५ को राजधानी स्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी मनकारी दिल बहादुर बस्नेतले भालुबाङ स्थित पुरानो बजार क्षेत्रका अति विपन्न ७० घर-परिवारलाइ राहत स्वरुप खाधन्न वितरण गर्नु भएको छl

“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म” भन्ने सोचका साथ आफनै खर्चमा अति विपन्न परिवारलाई चामल,दाल,तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत गरि प्रतिघर रु.२ हजार २ सय मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेको कुरा मनकारी बस्नेतले बताउदै आगामी दिनमा पनि निरन्तर गरिब दुखिको सेवामा लाग्ने बताउनु भयो।


भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा सबै आआफ्नो तरिकाले लाग्नु पर्ने कुरा समेत अपिल गर्नु भएको छ।

राहत सामाग्री पाएसंगै महिना दिन जति आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद मनकारी बस्नेतलाई ज्ञापन गरेका थिए । साथै,ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।

 

Comments
Sanjay poudyal

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago