नेपार्ताक ताइफुले जापानमा क्षति पुर्याउदै पहिरो जान सक्ने सम्भावना

जापानमा मंगलबार प्रशान्त महासागरबाट उत्तर र उत्तर पूर्वी जापानमा यस वर्षको आठौं ताइफु नेपार्ताक आइपुग्ने अपेक्षा गरिएको छ । ताइफुको प्रभाव हाल ओलम्पिक्सको आयोजना हुन लागेका राजधानी टोकियो समेत अन्य केही क्षेत्रमा पनि देखिने चेतावनी जापानको मौसम विभाग (जेएमए)ले दिएको छ ।

ताइफुका कारण भारी वर्षा हुने, आँधी हुरी चल्ने र समुद्रमा ठुल्ठुला छाल आउने सक्ने पनि जेएमएले बताएको छ । टोकियो समेत कान्तो–कोशिन क्षेत्रमा १५० मिलिमिटरको वर्षा गराउने अपेक्षा गरिएको छ । यसका कारण कयौं क्षेत्रमा पहिरो जान सक्ने चेतावनी पनि विभागले दिएको छ ।

पहिरो विशेषगरी पूर्वी जापान वा तोहोकु क्षेत्रमा जान सक्ने अनुमान छ ।सोमबार स्थानीय समयअनुसार बिहान ६ बजेतिर ताइफु प्रतिघन्टा ३० किमिका दरले उत्तर–सुदुरउत्तरतर्फ गइरहेको जेएमएले बताएको थियो । ताइफुको मध्य वायुमन्डलीय चाप ९९२ हेक्टोपास्कल रहेको बताइएको छ । हावाको गति अधिकतम् प्रति घन्टा ७२ किलोमिटर रहेको र अधिकतम् गष्ट प्रतिघन्टा १०८ रहेको पनि विभागले बताएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago