प्रदेश महाधिवेशन प्रतिनिधिमा बिमल भट्टको उमेद्वारी ।

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने अधिबेशनमा नेपाली कांग्रेस गोरखा प्रतिनिधि सभा क्षेत्र नं १ (ख) प्रदेश बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा बिमल भट्टले आफ्नो उम्मेदवारी धोषणा गर्नु भएको छ ।

सानै उमेरदेखि राजनीति चासो राख्ने भट्ट बि स २०५४ सालदेखी नै सक्रिय रुपमा राजनीतिमा लाग्नु भएको थियो । बि स ५४ सालको स्थानीय चुनाव धावामा कॉंग्रेसले जित हासिल गरेसगै माओवादी द्वन्द पनि चरम रुपमा अगाडी बढिर हेको थियो ।

तत्कालीन भगवती नि मा बि चौतारा इकाई सदस्य हुदै २०५६ ने बि संघ स्कुल ईकाई सचिव हुदैं २०६१ सालमा महेन्द्र रत्न क्यामपसको ईकाई सदस्य हुदै ने बि संघ महेन्द्र रत्न क्याम्पस ताहाचलको सह सचिवमा आफ्नो महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

बि स २०६२ सालको भाद्र महिनामा महेन्द्र रत्न क्याम्पस ताहाचलमा भएको बिधार्थी आन्दोलनमा अग्रमोर्चामा रहेका पटक पटक बिधार्थी आन्दोलनमा सक्रिय रुपमा सहभागी रहनु भएको थियो । राजनिति यात्रा क्रममा बि स २०६२ / ६३ को जनआन्दोलनमा परिवर्तनका पक्षमा अधि बढने क्रममा नयॉं बजार, बालाजु, गोगबु आन्दोलनमा अग्रमोर्चामा रहेका भट्ट घाईते, प्रहरीको यातनादेखि हिरासतसम्म पुग्नु भयो । नेपाली कांग्रेस धावा काठमाडौ सम्पर्क समिति सचिवको समेत जिम्मेदारी पुरा गरेका भट्ट को ने बि संघ गोरखा काठमाडौं सम्पर्क समितिको सदस्य समेत बसेर काम गरेर अनुभव रहेको छ ।

पछिल्लो समय करिब पॉंच बर्ष जापान बसाईलाई बिट मार्दे नेपाल आउनु भएका भट्ट जनसम्पर्क समिति जापान कान्तो क्षेत्रका सल्लाहकार, सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । भट्टले बिभिन्न समस्यामा परेका असक्त बिरामिको उपचारको लागी समेत अभियान चलाएका भट्ट राजनीति संगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहनु भएको छ ।

पछिल्लो समय नेपाल बसाईसगैं संचारक्षेत्र समेत आबद्ध भएका भट्ट समाज परिवर्तनको लागी सहि सुचना प्रबाह गर्नको लागी ऑंफु राजनीति संगै संचार क्षेत्र पनि आबद्ध भएको बताउनु हुन्छ । पछिल्लो कांग्रेस अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चुनिनु भएका भट्ट ऑंफु जस्ता युवाहरुले पनि कांग्रेसको कुनै पदमा बसेर काम गर्ने मौका पाएमा, समाज परिवर्तनमा निर्णायक प्रतिनिधि हुने बताउनु भएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago