पाल्पा, १२ फागुन । आफ्ना सदस्यहरुलाई उत्पादनको माध्यमबाट स्वरोजगार बन्न प्रेरित गरेको छ । तानसेन नगरपालिका अन्तरगत १ नम्बर वडामा रहेका भुसलडाँडा र दुर्गाभवानी टोल विकाश सँस्थाले आफ्ना सदस्यहरुलाई उत्पादनमुलक सीप सिकाइ स्वरोजगार बनाउन लागेको हो । आफ्ना महिला सदस्यहरुलाई नागरिक स्वराेजगार केन्द्र बुटवलकाे प्राबिधिक सहयोगमा १ दिने अगरबत्ती बनाउने तालिम दिएको छ ।
भुसलडाँडा टोल बिकास सँस्थाका अध्यक्ष जयराम सापकोटाको अध्यक्षता मा वडा नम्वर १ का वडाध्यक्ष राम प्रसाद वस्यालको प्रमुख आतिथ्यता र टोल समन्वय समितिका सँयोजक मित्रलाल नेपालिको विशेष आतिथ्यतामा तालिम संचालन भएको थियो । सहभागी बक्ताहरुले तालिमबाट लिएको ज्ञान् व्यबहारमा उतारी स्वरोजगार बन्न आग्रह आग्रह गरेका चन । तालिमको सहजीकरण सावित्रा अर्याल र रिता अर्यालले सिकाई सम्वन्धि प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागी मध्येबाट लक्ष्मी अधिकारी गैरेको अध्यक्षतामा ९ जनाको स्वरोजगार समिति गठन भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी अर्याल, सचिवमा श्रृजना न्यौपाने र कोषाध्यक्षमा रत्नु खत्री चयन भएका छन । तालिममा ३९ जना मलिहाहरुको सहभागिता थियो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…