नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको सबस्टेशनको लागि सर्भे सुरु

रसुवा, माघ १० नेपाल-चीनबीच निर्माण हुन लागेको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सबस्टेशन निर्माणका लागि सर्भे सुरु भएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउन्टीमा सबस्टेशन राख्ने तयारी छ ।

फाइल फोटो

नेपालतर्फ नुवाकोट त्रिशूलीमा सबस्टेशन राख्नका लागि सर्भेको काम सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नै जग्गामा सबस्टेशन निर्माण गर्ने सहित सर्बेको काम अघि बढाएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो ।

आयोजनाले नेपालतर्फ यसअघि नै लोड फ्लो टेष्टको काम सकेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ । यसको काम झण्डै डेड वर्षमा सकिने रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । भारतसँग ढल्केबर, गोरखपुर तथा चीनसँग रसुवागढी–केरुङ प्वान्टबाट प्रणालीको अध्ययन गरिएको हो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago