८ जेठ, काठमाडौं । सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दैछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्षनेताहरुको संयुक्त बैठक बस्न लागेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।
बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।
शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघिसारेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन् । शुक्रबारमध्यरातमा संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा गरिएको छ ।
कांग्रेस नेता खाँणले राष्ट्रपतिको यो कदमलाई घोर अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे । उनले यसविरुद्ध सबै दलमिलेर अघि बढ्ने बताए ।
कोरोना महामारीको बेला संसद विघटन गरी चुनावमा जाने सरकारको निर्णयको सर्बत्र विरोध भइरहेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…