२४ अंक घटेको सेयर बजारमा तामाकोसी र चन्द्रागिरिको मूल्य बढ्यो १० प्रतिशत

काठमाडौं, चैत ९ सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५१४ अंकमा कायम भएको छ।

फाइल फोटो

यस दिन ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस दिन बैंकिङ २१, विकास बैंक १९, फाइनान्स ८, ब्यापार १६, निर्जीवन बीमा १८३, उत्पादन १२९, अन्य ३०, माइक्रोफाइनान्स ९२, फाइनान्स ८, जीवन बीमा समूह ३१५ र लगानी समूह १ अंकले घट्यो। होटल तथा पर्यटन समूह १०४ र जलविद्युत समूह १०१ अंकले बढेका छन्। यस दिन माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढ्यो। आयोजनाबाट बिजुली उत्पादन हुने मिति नजिकिँदै जाँदा माथिल्लो तामाकोसी सेयर बजारमा अहिले आकर्षणको केन्द्रमा परेको छ।

१० प्रतिशतले मूल्य वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ७२६ रुपैयाँ कायम भएको छ। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य पनि १० प्रतिशतले नै बढ्यो। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता १५६३ रुपैयाँ कायम भएको छ।चन्द्रागिरिको कमजोर वित्तीय स्थितिका बाबजुत सेयर संख्या थोरै हुँदा ‘कर्नरिङ’ देखिएको छ। जसले गर्दा मूल्य लगातार उकालो लागेको छ।

अरुण भ्याली हाइड्रोपावरको मूल्य ७.४ प्रतिशतले बढेको छ। त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढ्यो। यस दिन प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य भने सबैभन्दा धेरै ४.७ प्रतिशतले घट्यो। सपोर्ट माइक्रोफाइनान्सको मूल्य ४.४ प्रतिशतले घट्यो। कारोबारका आधारमा पनि यस दिन माथिल्लो तामाकोसी नै अग्रस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड रुपैयाँ ९६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै नेपाल बंगलादेश बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago