नयाँ सरकार गठनका लागी आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान

२०७८, ६ जेष्ठ बिहीबार २१:०६

काठमाडौँ  । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपानको संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ,’  लेखिएको छ ।

हेरौ‌ विज्ञप्ति ;

 

Comments

ताजा खबर