गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष गिरिजाप्रसादको शालिक अनावरण

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ ।

inaruwaonline.com/बाट साभार गरिएको

झापामा स्थापना गरिएको यो उहाँको पहिलो शालिक हो । कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो । नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले शालिकको अनावरण गर्नुभयो । भारतको जयपुरबाट नेपाली रु एक लाख २० हजारमा खरिद गरेर उहाँको अर्धकदको प्रतिमा ल्याइएको नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति मणि उप्रेतीले जानकारी दिनुभयो । उहाँले नेपाली राजनीतिका शिखर पुरुष कोइराला स्मृतिलाई जीवन्त राख्न कार्यालयको बरण्डामै उहाँको शालिक राखिएको बताउनुभयो । शालिक निर्माणका लागि पार्टीका कार्यकर्ताबाटै रकम सङ्कलन गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago