Categories: समाचार

चिउरी कटानले मह उत्पादनमा कमी

जाजरकोट,वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको मह उत्पादनकोमुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको पशु चौपायालाई घाँस खुवाउनसमेतचिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो घर निर्माण गर्दा काठका रुपमा समेत जथाभावी सामुदायिक वन समूहबाटचिउरी कटान गरेपछि समस्या थपिएको

चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुखपिताम्बर बस्नेतले जानकारी दिनुभयो अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुखबस्नेतको भनाइ

त्यस्तै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पर्याप्रणालीमा सबै एक अर्कासँग सम्बन्ध राख्ने भएकाले वनजङ्गल संरक्षण गर्नुनै पहिलो दायित्व भएको बताउनुभयो उहाँले भन्नुभयो, “अब चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरी सबैलाईबुझाउनु पर्ने आवश्यकता महसुस भएको मह उत्पादन भेरी नगरपालिका मा बढी हुने भएकाले त्यसमा हामी विशेष जोड दिन्छौँ

जाजरकोटको ब्राण्डका रुपमा स्थापित भएको सेरेना मौरीको मह वर्षेनी उत्पादनका गिरावट आउँदा सरोकारवाला निकाय चिन्तित भएकोमौरी जोनले बताएको बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् पानीको मुख्य स्रोतदेखि यसको फलबाट उत्पादन हुने विभिन्नवस्तुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ

समुद्र सतहबाट २०० देखि एक ५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लोहुन्छ घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ चिउरीको एउटाबोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला निस्कन्छ धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षका रुपमा लिइन्छ

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकदेखि माघसम्म फुल्छ अनि फागुनदेखि असारसम्म फल लाग्छ फल काँचोमाहरियो पाकेपछि पहेंलो हुन्छ फलभित्र एकदेखि तीन वटासम्म बिजुला हुन्छन्

चिउरीको पात गाईबस्तुलाई खुवाउन टपरी गाँस्न प्रयोग गरिन्छ यसको घिउ खान ९तरकारी पकाउन सेल रोटी पकाउन० औषधिका रुपमा ९खुट्टा फुटेकामा, घुँडा दुखेकामा, अनुहारमा आएको दाग हटाउन० प्रयोगमा आउँछ

चिउरीको घिउ साबुन मैनबत्ती बनाउन उपयोगी हुन्छ पेलेर बाँकी रहेको पिनाबाट जैविक मल किटनाशक औषधि बनाउन सकिन्छ चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ यसको फल सिधै खाए पनि हुन्छ यसबाट जुस, जाम बनाउन रक्सी बनाउनसकिन्छ चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ

चिउरीको बिउबाट बिरुवा उमारेर रोप्नु राम्रो हुने डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो असारसाउनमापाकेर पहेंलो भएको फलबाट बीउ निकाल्नु पर्छ बीउलाई धोएर छायाँमा सुकाइने गरिन्छ फलबाट निकालेको सात दिनभित्र रोपेकोबीउ राम्ररी उम्रन्छ

पात कुहेर बनेको जङ्गलको मलिलो माटो एक भाग, बालुवा एक भाग राम्ररी पाकेको गाईबस्तुको मल एक भाग मिलाएको माटोमा १२घण्टा अगाडिदेखि भिजाएको बीउ चार अंगुल जति गाडेर रोप्नुपर्छ असार, साउन भदौसम्म नै बीउ रोप्न सकिन्छ चिउरी रोपेको १२वर्षदेखि ७० वर्षसम्म राम्रो फल्ने विज्ञको भनाइ फल सङ्कलन गर्ने चिउरीको बोट राष्ट्रिय वनमा भए इजाजत लिनुपर्छ बिक्रीगर्नुअघि एक किलोग्रामको तीन रुपैयाँ राजस्व तिर्नुपर्छ जाजरकोटका वन जङ्गलमा जथाभावी सङ्कलन कार्य हुँदै आएको

सामुदायिक वन भएकाले यहाँ कुनै खास नियम निर्माण नगरी जथाभावी सङ्कलन गरिँदै आएको जाजरकोटमा कति प्रतिशत चिउरी भन्ने यकिन तथ्याङ्क भने सङ्कलन भएको छैन जिल्ला समुद्र सतहबाट ६१० देखि पाँच हजार ४३५ मिटर उचाइसम्म फैलिएको जिल्लामा कूल वनजङ्गलले ढाकेको क्षेत्रफल एक लाख २४ हजार ५९८ हेक्टर ।(रासस)

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago