वाग्मती सफाइ महाअभियान ४०६ औँ हप्तामा

काठमाडौँ,वाग्मती सफाइ महाअभियानको ४०६ औं हप्तामा आलोकनगर आँखा अस्पताल केन्द्रको बीचमा रहेको फलामेपुल वाग्मती नदीको पुर्वीकिनारमा सफाइ गरिएको

  सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिनुभयो सफाइमा राष्ट्रियसभा सदस्य कोमल ओली, पुर्व मुख्यसचिव  लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का  अध्यक्ष हीरालाल तन्डुकार, एकीकृत उपभोक्ता सङ्घका सदस्य मदनकुमार शिवाकोटी, सुविधानगर सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया एवंअन्य पदाधिकारी, आलोकनगर समुदायका पदाधिकारी, पहिलो पाइला, मक्कै घर, काठमाडौँ महानगरपालिका  फोहर व्यवस्थापनविभाग टेकु, बानेश्वर महिला फोहर व्यवस्थापन सेवा प्रा लि का अध्यक्ष दुर्गा दुलाल एवं समूह, एस ट्राभल्स, नेपाल विज्ञान सङ्घ, नेपाली सेना चण्डीदल गण सिंहदरवार, स्थानीयवासी, नेपाल आमा सेवा आलोकनगर, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृतविकास समितिका कर्मचारी, मेचीकाली सफाइ अभियान बिर्तामोडका संयोजक बिष्णुप्रसाद आचार्य, वाग्मती सफाइ अभियाकर्मीलगायतको सक्रियता थियो

  

वाग्मती सफाइ महाअभियानको प्रेरणाले शुरु भएको मेचीकाली सफाइ अभियानको लोगो राष्ट्रिय सभाका सांसद ओली प्रमुखअभियानकर्मी पौडेलले लोगो अनावरण गर्नुभयो सफाइसँगै अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य एवं अभियानकर्मीडा माला खरेल, अभियानकर्मीद्वय दुर्गा रावल प्रतिमा देवकोटाको  जन्मदिनको उपलक्ष्यमा वाग्मती किनारस्थित आलोकनगरवाटिकामा वृक्षरोपण गरिएको अभियानकर्मीको जन्मदिन परेको हप्ताको शनिबार नदी किनारमा वृक्षरोपण हुने गरेको

 

विसं २०७० जेठ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार जारी जाडो, गर्मी, चाडपर्व, भूकम्प, कोरोनामहामारीजस्ता प्रतिकुल अवस्थामा पनि शनिबारको सफाइ रोकिएको छैन वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामायसका सहायक नदीसमेत सफाइ शुरु भएको

  यसैगरी उपत्यका बाहिर पनि मुख्य शहर एवं नदीमा सफाइ अभियान शुरु भएको हाल देशभरका पुरातात्विक सम्पदामासमेत गर्ने अभियान शुरु हुन थालेको सफाइले देशव्यापी रुपमा जागरणको स्वरुप ग्रहण गरेको आज उपत्यकाकागुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको धेरैतिर सफाइ शुरु भएपनि यसको स्वामित्व स्थानीय सरकारले नलिँदा सोचे अनुरुपको प्रगति हुन सकेको छैन

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago