जापानबाट नेपालको स्कूललाई ल्यापटप सहयोग ।

नागोया जापान । रोटरी क्लब अफ योक्काईची, नर्थ जापानको सहयोगमा र चितवन रोटरी क्लबको संयोजनामा नारायणी नमुना माध्यमिक विद्यालय ,चितवनलाई तीन थान ल्यापटप हस्तान्तरण गरिएको छ। सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले रोटरी क्लव अफ चितवनद्धारा प्राप्त ल्यापटप भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो।

विद्यालयको शिक्षण पद्धतीमा सहायता पुयाउने उद्धेश्यले एक कार्यक्रम  बिच ल्यापटप हस्तान्तरण गरिएको बताईएको छ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापालाई ल्यापटप हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं–१० का अध्यक्ष अरुण पीडित भण्डारी विशेष अतिथि रहेका थिए।कार्यक्रममा अनलाईन मार्फत जापानका क्लबको रोटरीयनहरुको सहभागिता रहेको थियो । क्लबका सह–सचिब गोपालप्रसाद गैरेको संचालन भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य र जापानका रोटरी क्लबका पूर्व अध्यक्ष लेमोझुङ्गाले शुभकामना मन्तव्य राखेका थिए।

प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाले विद्यालयमा पेपर फ्रि क्लास संचालन गर्ने उद्धेश्य प्राप्तिका लागि प्रदान गरिएको तीन थान कम्प्यूटर(ल्यापटप) कोशेढुङ्गा सावित हुनेमा विश्वस्त भएको वताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद र निरन्तरताको लागि अनुरोध गरे।

रोटरी क्लव अफ चितवनका अध्यक्ष शाक्यले स्वर्थ भन्दा माथि सेवा भन्ने मूलमन्त्रका साथ स्थापना भएको रोटरी क्लबले जापानका क्लबसँग सहकार्य गर्दै विद्यालयमा कम्प्यूटर(ल्यापटप)हस्तान्तरण गर्न पाउँदा खुशी लागेको वताउँदै उक्त कार्यको लागि सहजीकरण गरिदिनुहुने रोटरी क्लव अफ चितवनका पूर्व अध्यक्ष राजु पौडेल, रोटरी क्लब अफ योक्काईची, नर्थ जापानका सदस्य विष्णुप्रसाद घिमिरे लगायत लाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा विष्णु प्रसाद पौडेलले दोभाषेको रुपमा सहजिकरण गरेको उक्त कार्यक्रममा अध्यक्ष दिपक प्रधान, निर्वतमान अध्यक्ष रोशन पिया, सह–सर्जेन्ट मनोज वर्नवाल र रो.  शायल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago

विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …

55 years ago