कविकिरण न्यौपाने , जापान । विपिको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापनिज भाषामा प्रकाशित गरि जापनिज माझ चिनाउन पुस्तक प्रकाशन गर्ने कार्यले गति लिएको छ ।
उक्त कार्यको लागी डा सुदिप अधिकारीको संयोजकत्वमा डा विश्वराज कँडेल र सन्जिता श्रेष्ठ सदस्य रहेको ‘ विपिको कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरिएको थियो। उक्त कृति करिव ३ सय पेज प्रकाशनका लागी जापानमा भाषा अनुवादको काम अन्तिम चरणमा पुगेको बताइएको छ। जापानमा प्रथम संस्करण ३ हजार प्रति छपाईने छ भने पुस्तकको मुल्य २ हजार ५ सय येन नबढाई तय गरिने उक्त समितिका सदस्य डा विश्वराज कँडेलको भनाई छ। पुस्तक प्रकाशनका लागी ३ हजार प्रतिको ७५ लाख येन खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको उनले बताए । जापानमा पुस्तक प्रकाशनमा गुणस्तरमा पनि ध्यान दिन पर्ने भएकोले लागत केहि बढन सक्ने उनको भनाई छ।
जापानमा नेपालीको मात्रै ३ हजार भन्दा बढि रेष्टुरेन्ट तथा व्यवशाय रहेकोले प्रत्येकले १ थान पुस्तक किन्दिए पनि पुस्तक प्रकाशनको खर्च उठ्ने उनले बताए। त्यस वाहेक पुस्तक किनेर जापनिजलाई उपहार प्रदान गर्न पनि सकिने उनि बताउछन । जापानमा रोजगारी, व्यवशाय तथा अध्ययनका लागी १ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्। पुस्तकलाई सबैको साझा बनाउनका लागी विपिको आत्मवृतान्त प्रवर्द्धन सल्लाहकार समिति समेत गरिएको छ । जस्मा जापानमा रहेका राजनैतिक संगठनका प्रमुखहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेका छन् । जस्मा जापानका लामो समय रहेका संघिय सांसद रहेका डा सुर्य पाठक , एनआरएनए आईसिसि पूर्व अध्यक्ष भवन भट्ट लगाएत विभिन्न तह र तक्काका व्यक्तित्वहरू रहेको विपिको कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ का संयोजक डा सुदिप अधिकारीले बताए ।
यो पुस्तक कुनै राजनितिक पार्टीको मात्र नभएको अधिकारीले बताए । विपि साहित्यिक व्यक्तित्व समेत भएको र यस पुस्तकले जापानिजहरु लाई नेपाल र नेपाली चिनाउन सहयोगी बन्ने डा अधिकारीको तर्क छ। उनि हालै मात्र पुस्तकका वारे नेपालका सरोकालवाला नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली लगाएत राजनितिक दलका नेताहरुसंग छलफल गरेर जापान फर्किएको र सबै बाट सकारात्मक सहयोग प्राप्त भएकोमा सबैलाई धन्यवाद दिएका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…