Categories: राशिफल

आजको राशिफल

आज मिति २०७७ साल चैत्र ४ गते बुधबार तदानुसार २०२१ मार्च १७ तारिख, प्रमादी नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, फाल्गुन शुक्लपक्ष चतुर्थी तिथि, अश्विनी नक्षत्र, मेषरासी, सूर्योदय बिहान ६ बजेर १३ सूर्यास्त बेलुकी ६ बजेर १२ मिनेटमा हुनेछन भने आजको दिनमान २९ घडी ५७ पला रहनेछन । आउनुहोस श्रीकृण्णको स्मरणका साथ आजको दिनको शुभारम्भ गरौ ।
ज्यो.जयराम सापकोटा

मेष <> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

बृष<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । चो खर्चको मात्रामा बृद्धि पनि भइरहन्छ ।

मिथुन <> (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज भाग्यमय वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

कर्कट<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

सिंह<> (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या<> (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सकनेछन् ।

तुला <> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

बृश्चिक<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

धनु<> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । छोटो यात्रा पनि हुनेछ ।

मकर<> (भो,जा,जी,,खी,खू,खे,खो,गा,गी)
आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

कुम्भ<> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

मीन<> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ

“कसैको अस्तित्व नस्वीकार्ने मान्छे त्यो स्वत: अस्थित्व विहिन हो”

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago