घरेलु महासङ्घमा नयाँ नेतृत्व

दमौली,  माघ ४ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न महासङ्घको २१औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

फाइल फोटो

अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र र सदस्यमा सीता खनाल, निरु भुजेल, शान्ति कुँवर, सीता अधिकारी, धनमाया राना, हर्षमान श्रेष्ठ (साइराम), धनमाया पौडेल, सरु कुमाल, विष्णुकुमार श्रेष्ठ, पार्वती महत, रन्जु थापा श्रेष्ठ, सङ्गीता उचाइ चयन हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, रोहिणीराज लौडारी, मछिन्द्रादेवी श्रेष्ठ र रामजी लौडारी चयन हुनुभएको छ । महिला उद्यमीमा कल्पना अधिवेशनबाट महिला उद्यमी विकास समितिको अध्यक्षमा कल्पना गौली सर्वसम्मत निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी रानाभाट, उपाध्यक्षमा सपना श्रेष्ठ, महासचिवमा सिर्जना कोइराला, कोषाध्यक्षमा धनमाया पौडेल र सदस्यमा जानकी थापा, कल्पना थापा, खिरमती मगर, तुलसी साह, धनमाया राना, शर्मिला विक, विमला श्रेष्ठ र भवि दुरा चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा वसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ चयन हुनुभएको छ । थप ६ सडक सहयोगीपेक्षीको उद्धार सडकमा कष्टकर जीवन बिताइरहेका थप छ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाका छ जनाको उद्धार गरिएको हो । व्यासका एक, म्याग्देका चार र घिरिङका एक जनाको उद्धार गरिएको छ । सहाराविहीन अवस्थामा सडकमा जीवन बिताइरहेकाहरुलाई मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । डिसु नेपालको सहयोगमा आश्रमले उनीहरुलाई उद्धार गरेको डिसु नेपालका अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिनुभयो । यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यसअघि मानव सेवा आश्रमले तनहुँबाटै नौ जनाको उद्धार गरिसकेको छ । व्यास नगरपालिकामा पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार जनाको उद्धार गरिएको थियो । –

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago