नेपाली विधार्थी समाज जापानको १९ औ अधिवेशन सम्पन्न

कविकिरण न्यौपाने ,नागोया । जापान नेपाली विधार्थी समाज जापानको १९ औ अधिवेशन सम्पन्न भएको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल रुपमा अधिवेशन सम्पन्न भएको हो।

नेसाज २०१९-२१ का अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता र एनआरएनए एसिया प्यासिफ़िकका संयोजक गोविन्द श्रेष्ठ को प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेसाजका पुर्व अध्यक्षहरु डा सरोज कंडेल ,रिसभ पौडेल ,बिमल अधिकारी , सन्देश पोख्रेल ,तेज प्रकाश गुरुङ लगाएतले नेसाजको बारेमा प्रकास पारेका थिए। कार्यक्रममा नेसाजका सल्लाहकारहरु,जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले कार्यक्रमको सफलताका शुभ कामना दिएका थिए।

कार्यक्रमलाई नेसाजका सल्लहाकार नरेन्द्र बस्नेत, एनआरएनए जापानका सचिव बिष्णुप्रसाद घिमिरे ,एनआरएनए जापानका प्रबक्ता सिदार्थ श्रेष्ठ, महिला सम्योजक संगिता अधिकारी ,एनआरएनए जापानका पूर्व उपाध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए नागोयाका निवर्तमान अध्यक्ष श्याम सितल ,नागोया तमाङ समाजका अध्यक्ष सञ्जय तमाङ मन्डेला लगाएतले मन्तव्य राखेका थिए। नेसाजका महासचिव अजय रानाले संचालान गरेका कार्यक्रममा नेसाजका वरिष्ठ उपाध्यक्ष एवम् अधिवेशन संयोजक प्रकाश भण्डारी क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए भने नेसाजका कोषाध्यक्ष विकाश अधिकारीले नेसाजको आर्थिक प्रतिवेदन पेस गरेका थिए।

अधिवेशनमा नेसाजका पूर्व अध्यक्ष तेज प्रकाश गुरुङले संस्थाको विधान अनुसार अजय रानाको अध्यक्षतामा २०२१-२३ को नया कार्यसमितिको घोषणा गरेका थिए। उपाध्यक्षमा पवन श्रेष्ठ, महासचिवमा सन्जय कार्की , सचिवमा निराजन भण्डारी, सहसचिवमा ईश्वर थापा, कोषाध्यक्षमा सुनील ज्ञवाली , सहकोषाध्यक्षमा रिन्कु कार्की सर्वसम्मत चयन भएका छन। त्यस्तै सदस्यहरुमा नविना भण्डारी,मनोज अधिकारी,कृष्ण परिवार,सुभर्ण भट्ट,शौरभ कार्की,अमित श्रेष्ठ ,राजेन्द्र गिरी ,रोशन भट्टराई,हरी प्रसाद न्यौपाने, कृष्ण खनाल,विकाश न्यौपाने, सुवास लामिछाने रहेका छन।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago