एनआरएनए नागोयाको क्षेत्रिय अधिवेशनको मिति तोकियो, ३ सदस्यिय निर्वाचन कमिटी गठन ।

कविकिरण न्यौपाने ,नागोया । एनआरएनए नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ। अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो ।
फाइल फोटो
अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको छ। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। नयाँ समिति चयनका लागी सके सम्म सहमतिको आधारमा सर्वसहमत गर्ने निर्वाचन समितिका संयोजक बिमल अधिकारीले बताए। सर्वसहमत नभएमा जुन १० तारिक अनलाईन भोटिङ्ग द्वारा छिनोफानो गरिने अधिकारीको भनाई छ।
एनआरएनए जापानकै अधिवेशनमा नागोया क्षेत्रलाई महत्वका साथ हेर्ने गरिन्छ। अहिले सम्म यस क्षेत्रिय समितिका संयोजकमा मनोजवम मल्ल, गंगा धर्तिमगर र ईन्द्र पराजुलीको चर्चा छ। मल्ल अहिलेका नागोया क्षेत्रका उप- संयोजक हुन भने धर्तिमगर कोषाध्यक्ष हुन्। पराजुली भने नायोगा क्षेत्रिय समितिमा धेरै अगाडी समितिमा बसेर काम गरेको बताउँछन। त्यस्तै नागोया क्षेत्रिय समितिमा सदस्य देखिआठ वर्ष रहदै उपाध्यक्ष र हाल संरक्षक रहेको बताउदैं अर्जुन केसीले गत अधिवेशनमा कार्यसमिति सर्वसहमत गर्न आफुले संयोजकको उमेदवारी स्थगित गरेको स्मरण गर्दै केसीले नेपालीको साझा संस्था एनआरएनएमा गुट – उपगुट भन्दा सहमतिमा नेतृत्व चयन हुन पर्ने बताउछन् । उनि आफुले संयोजकको नेतृत्व पाए सबैलाई मिलाएर लाने बताउछन ।
एनआरएनए नागोया क्षेत्रिय समितिले उमेदवारी दिनेहरुको उमेदवारी शुल्क पनि तोकेको छ। जस अनुसार क्षेत्रिय संयोजकको लागी पचास हजार येन , उप-संयोजकको लागी चालिस हजार येन तोकिएको छ। त्यस्तै सचिवको लागी तिस हजार येन, उप- सचिव विस हजार येन , कोषाध्यक्ष तिस हजार येन , सह-कोषाध्यक्ष विस हजार येन र कार्यसमिति सदस्य एवं मनोनित सदस्यलाई दश हजार येन उमेदवारी शुल्क लाग्ने छ ।
यतिवेला जापानका पनि कोरोना संक्रमण बढिरहेको र संक्रमण नघटेमा कार्यक्रम भर्चुयल माध्यमबाट गरिने एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम शितलले बताए। जापानभरी हाल करिव १० हजार एनआरएनएका सदस्यहरु रहेको र नागोया क्षेत्रमा १५ सय हाराहारीमा सदस्य रहेको बताईन्छ।
अधिवेशनको बेला मात्र हल्ला -खल्ला गर्ने संस्थाको विधि /बिधान र प्रकृयाको समेत हेक्का नभएका , संस्थाको गरिमा राम्रो संग नबुझेकालाई तत्काल नेतृत्वमा ल्याउन नहुने तर्क गर्दैं नागोयामा लामो समय रहेका एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरेले जापानमा रहेका हरेक नेपाली नेतृत्व चयनका विषयमा सचेत रहेको बताए।
Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago